ज्ञानेन्द्र र खिलराजलाई बुझाएको जसरी संसद र सरकार नबुझाउनुहोलाः मनिष झा

ज्ञानेन्द्र र खिलराजलाई बुझाएको जसरी संसद र सरकार नबुझाउनुहोलाः मनिष झा


सोमबार प्रतिनिधि सभा बैठकमा बोल्दै सांसद झाले कांग्रेस र एमालेले गर्न लागेको सहकर्मबाट ०५९ र ०६९ को घटन‍ा दोहोरिन नदिन दलहरूलाई आग्रह गरेका हुन्। 

‘२०५९ मा गएर ज्ञानेन्द्रलाई बुझाउनुभयो संविधान सदन र सरकार त्यसरी नबुझाइदिनुस्। २०६९ मा चैत्र १ गते खिलराज रेग्मीलाई आफ्नो अकर्मण्यताको प्रमाणसहित जुन बुझाएर जानुभयो। पार लगाइदिनुस् भनेर । कृपया यो सहकर्मले फेरि एकपटक त्यस्तो अनुरोध नगरिदिनुहोला,’ उनले भने। 

दुई दलको सहकार्यले नभए रास्वपा नेतृत्व गर्न तयार भएको पनि उनले बताए। 

‘तपाईंहरू सक्नुहुन्न भने हामी पालो कुरेर बसेका छौं । बेचैन बनाउने बेचनको सहकार्यविना यो देशलाई पार लगाउन तयार भएर बसेका छौ,’ उनले भने।