प्रतिनिधिसभाबाट विनियोजन विधेयक, २०८० बहुमतले पारित « Testing Appharu

प्रतिनिधिसभाबाट विनियोजन विधेयक, २०८० बहुमतले पारित


१३ असार २०८०, बुधबार  

पढ्न लाग्ने समय :[rt_reading_time] मिनेट


0
Shares
  • change font
  • change font
  • change font
  • [simplicity-save-for-later]

काठमाडौं- ‘विनियोजन विधेयक, २०८०’ बहुमतले पारित भएको छ । प्रतिनिधिसभाको आजको बैठकमा अर्थमन्त्री डा प्रकाशशरण महतले प्रस्तुत गर्नुभएको उक्त विधेयकलाई मत विभाजनमार्फत पारित गरिएको हो ।

विधेयकको पक्षमा एकसय ४७ र विपक्षमा एकसय आठ मत परेको थियो । सभामुख देवराज घिमिरेले सो संख्या प्रतिनिधिसभामा उपस्थित संख्याको बहुमत भएकाले विनियोजन विधेयक पारित भएको घोषणा गर्नुभयो ।

आजको बैठकमा दुई सय ५५ सांसदको उपस्थिति थियो । त्यसअघि सभामुख घिमिरेले मत विभाजनका लागि पाँच मिनेट जनाउ घण्टी बजाउन सचिवालयलाई निर्देशन दिई आवश्यक प्रक्रिया अगाडि बढाउनुभएको थियो ।

त्यसअघि अर्थमन्त्री डा महतले विनियोजन विधेयक २०८० लाई पारित गरियोस् भनी प्रस्ताव प्रस्तुत गर्नुभएको थियो । सभामुख घिमिरेले हुन्छ वा हुँदैन भनी ध्वनि मतका लागि प्रस्ताव गर्नुभएको थियो । उक्त प्रस्तावको पक्षमा बहुमत रहेको भन्दै उहाँले विनियोजन विधेयक २०८० पारित भएको घोषणा गर्नुभएको थियो । त्यसपछि नेकपा (एमाले) का सचेतक महेश बर्तौलाले मत विभाजनको माग गर्नुभएको थियो । मत विभाजनको माग भएपछि सभामुखले उक्त प्रक्रिया अगाडि बढाउनुभएको हो ।

प्रकाशित मिति : १३ असार २०८०, बुधबार  १२ : ३३ बजे

sssssss

fdafsgdfgdfgfd

यी हुन् भारतको अटो एक्स्पोमा प्रदर्शनीमा राख्न लागिएका एसयुभी कार

काठमाडौं । भारत मोबिलिटी ग्लोबल एक्स्पो-२०२५ मा विभिन्न फिचर भएका

जाडो याममा किन खाने माछा ?

जाडो याममा माछा खानुका धेरै स्वास्थ्यगत फाइदाहरू छन्। यहाँ कारणहरू

ssss

21gdhsh54

Rabi Lamichhane’s bail hearing resumes today, verdict likely

The bail hearing against Rastriya Swatantra Party (RSP) Chair Rabi