राष्ट्रिय जनगणनाले देशको जनसङ्ख्या स्थिरतातर्फ उन्मुख भएको देखाउँदा आन्तरिक रूपमा भने जनसङ्ख्या घट्ने र बढ्ने दरमा भिन्नता छ । कुनै भूगोलमा जनसङ्ख्या बेस्सरी थुप्रिँदो अवस्थामा छ भने कुनै भूगोल निर्जन हुने हुन् कि भन्ने चिन्ता थपिँदो छ । गत चैतमा प्रकाशित राष्ट्रिय जनगणना २०७८ को नतिजाको प्रतिवेदनले नेपालको जनसङ्ख्या वितरणको खाडललाई उजागर गरेको छ ।…