खोज, उद्धार र प्रभावितको व्यवस्थापनमा ध्यान दिन गृहमन्त्रीको निर्देशन « Testing Appharu

खोज, उद्धार र प्रभावितको व्यवस्थापनमा ध्यान दिन गृहमन्त्रीको निर्देशन


३ असार २०८०, आइतबार  

पढ्न लाग्ने समय :[rt_reading_time] मिनेट


0
Shares
  • change font
  • change font
  • change font
  • [simplicity-save-for-later]

उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले पूर्वीनेपालका विभिन्न जिल्लामा बाढीपहिराका कारण मानिसको मृत्यु तथा बेपत्ता भएको र ठूलो भौतिक क्षतिसमेत भएकाले बेपत्ताहरुको खोजी गरी घाइतेको उपचार, राहत र प्रभावितको उचित व्यवस्थापनमा कुनै कमी हुन नदिन निर्देशन दिनुभएको छ ।

पाँचथर सङ्खुवासभालगायतका जिल्लामा भारी वर्षापछि आएको बाढी तथा पहिराका कारण ठूलो धनजनको क्षति भएपछि आजै आपत्कालीन बैठक बसेर उहाँले उक्त निर्देशन दिनुभएको हो । उहाँको निर्देशनपछि नै आजै मेची राजमार्गको हेवाखोलामा पुल बगाएकाले त्यस ठाउँमा मोडुलर ट्रष्ट ब्रिज निर्माण गरी यातायात सहज पार्न निर्देशन दिनुभएको छ । प्राप्त विवरणमा सो क्षेत्रमा अहिलेसम्म तीन जनाको मृत्यु भएको छ भने २९ जना बेपत्ता छन् । केही पुल बगाएको र झण्डै दर्जन पुलमा क्षति पु¥याएको छ । केही घरसमेत बगाएको छ ।

गृहमन्त्रीको निर्देशन पश्चात आजै इटहरीबाट पुलका सामान त्यसतर्फ पठाइ सकिएको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ । पूर्वतयारी स्वरुप त्यहाँ पुलका सामान भण्डारण गरिएकाले पूर्वका लागि इटहरीबाट व्यवस्थापन गर्न सजिलो भएको प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत अनिल पोखरेलले बताउनुभयो ।

दुई वर्षअघि जस्तै मनसुनको सुरुआती समयमै मेलम्चीलगायत विभिन्न जिल्लामा एकैपटक हानेको र त्यही ट्रेन अहिले पनि देखिएको उहाँले बताउनुभयो । पूर्वमा आज र भोलि फेरि पानी पर्ने देखिएकाले अझै सतर्क हुनेपर्ने अवस्था रहेको उहाँले बताउनुभयो । उहाँका अनुसार भोलि सोमबार लमजुङमा पनि पानी पर्ने देखिएको अलर्ट पठाइसकेको छ ।

प्रकाशित मिति : ३ असार २०८०, आइतबार  ४ : ०४ बजे

sssssss

fdafsgdfgdfgfd

यी हुन् भारतको अटो एक्स्पोमा प्रदर्शनीमा राख्न लागिएका एसयुभी कार

काठमाडौं । भारत मोबिलिटी ग्लोबल एक्स्पो-२०२५ मा विभिन्न फिचर भएका

जाडो याममा किन खाने माछा ?

जाडो याममा माछा खानुका धेरै स्वास्थ्यगत फाइदाहरू छन्। यहाँ कारणहरू

ssss

21gdhsh54

Rabi Lamichhane’s bail hearing resumes today, verdict likely

The bail hearing against Rastriya Swatantra Party (RSP) Chair Rabi