अनुशिखर मिडिया प्रा.लि
सूचना विभागमा दर्ता नं. : ../०८१-८२
Office: बबरमहल-११, काठमाडौ
Phone: +९७७-९८५११०७८२४
News:[email protected]

संसदमा विचाराधीन विधेयक अध्यादेशको रूपमा जारी

संसदमा विचाराधीन विधेयक अध्यादेशको रूपमा जारी

The Business Nepal

सोमबार सरकारको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडलले विभिन्न चारवटा अध्यादेश जारी गरेका छन् । त्यसमध्येको एक ‘आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व (पहिलो संशोधन) अध्यादेश, २०८१’ संसद्मा विचाराधीन विधेयक हो ।

यो विधेयक ३२ साउन २०८१ मा अर्थमन्त्री विष्णु पौडेलले प्रतिनिधिसभामा दर्ता गरेका थिए । संसद्मा सैद्धान्तिक छलफल भएर अर्थ समितिमा दफावार छलफलमा पुगेको थियो ।

संसद्मा विचाराधीन विधेयक फिर्ता लिएर सरकारले अध्यादेश ल्याउन सक्ने कानुनी प्रावधान छ । तर, विधेयक फिर्ता नै नलिएर अध्यादेश जारी भएको हो ।