चिकित्सकहरू एकलकाँटे र असामाजिक हुन्छन् ?


समाजले बनाएको यही धारणका कारण बेलाबखत चिकित्सकहरू एक्लो हुन्छन् । खासगरी कुनै बिरामीको मृत्यु भएमा, अस्पताल तोडफोड भएमा, बिरामीका आफन्तले आन्दोलन गरेको अवस्थामा हुन्छन् । त्यो प्रतिकूल अवस्थामा चिकित्सकहरू एउटा ठाउँमा हुन्छन्, समाज अर्को ठाउँमा । मानौं चिकित्सकसँग कुनै संवेदना नै हुँदैन ।