प्रधानमन्त्री बाढी प्रभावित क्षेत्रमा « Testing Appharu

प्रधानमन्त्री बाढी प्रभावित क्षेत्रमा


४ असार २०८०, सोमबार  

पढ्न लाग्ने समय :[rt_reading_time] मिनेट


0
Shares
  • change font
  • change font
  • change font
  • [simplicity-save-for-later]

बाढीपहिरो प्रभावित क्षेत्रको स्थलगत निरीक्षणका लागि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको उच्चस्तरीय टोली पूर्वी नेपाल प्रस्थान गरेको छ ।

प्रधानमन्त्री प्रचण्ड नेपाली सेनाको हेलिकोप्टरमार्फत पूर्वी पहाडी जिल्लाको बाढीपहिरो प्रभावित क्षेत्रको निरीक्षणमा निस्कनुभएको उहाँका स्वकीय सचिव रमेश मल्लले जानकारी दिनुभयो ।

उहाँका साथमा उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ, भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वाला र सहरी विकासमन्त्री सीता गुरुङ हुनुहुन्छ । प्रभावित क्षेत्रका जनप्रतिनिधि योगेश भट्टराई, वसन्त नेम्वाङ, दीपक खड्का र कोशी प्रदेशसभा सदस्य राजेन्द्र कार्की सहभागी हुनुहुन्छ ।

साथमा नेपाली सेनाका प्रधानसेनापति प्रभुराम शर्मा, गृह मन्त्रालयका विपत् हेर्ने प्राविधिक इञ्जिनियर र प्रधानमन्त्री कार्यालयका विपत् हेर्ने अधिकृत पनि साथमा हुनुहुन्छ । प्रधानमनत्री प्रचण्डको निर्देशनमा प्रभावित क्षेत्रमा नेपाली सेनाको हेलिकोप्टरमार्फत उद्धारको काम जारी छ । बाढी र पहिरोमा फसेकालाई उद्धार गरिएको छ ।

आजैमात्र भौतिक पूर्वाधार मन्त्रालयले केन्द्रीय सडक सञ्जालबाट विच्छेद भएको पाँचथर र ताप्लेजुङलाई जोड्न बेलिब्रिजको सामान प्रभावित क्षेत्रमा पठाइसकेको उहाँले जानकारी दिनुभयो ।

प्रकाशित मिति : ४ असार २०८०, सोमबार  ७ : ०८ बजे

गर्मीको ‘सुपरफुड’ बेल : पाचनदेखि प्रतिरक्षासम्म यस्ता फाइदा

पाचन प्रणालीबेलले हाम्रो पाचन प्रणालीलाई बलियो बनाउँछ। सामान्यतया पाचन विकारहरू

फेवाताल संरक्षणमा गस्ती टोली परिचालन गर्न उच्च अदालतको परमादेश

फेवाताल र यस क्षेत्रको ताल समूहमा परेका अन्य तालहरुमा रहेका

छिपछिपे सहकारी ठगी : ७ अभियुक्त पुर्पक्षमा जेल चलान

यही जेठ २० मा जिल्ला सरकारी वकिलको कार्यालयले राप्रपाकी सांसद

सिन्धुलीको फिक्कलमा भएको मोटरसाइकल दुर्घटनामा असई र हवल्दार दुवैको मृत्यु

भेटमा उनीहरूबीच नेपाल–भारतबीच रहीआएको आपसी सम्बन्ध र द्विपक्षीय हितका विविध

राजनीतिक दलका भ्रातृ संगठनको एक स्वर : ‘एक साताभित्र दुग्ध किसानको भुक्तानी देऊ’

नेपाल किसान महासंघ, अखिल नेपाल किसान महासंघ, राष्ट्रिय प्रजातान्त्रिक किसान