सभामुखसँग फ्रान्सेली राजदूतको भेट

सभामुखसँग फ्रान्सेली राजदूतको भेट

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

तस्बिर : शालिग्राम तिवारी

काठमाडौं– सभामुख देवराज घिमिरेसँग आज नेपालका लागि फ्रान्सका राजदूत गिल्स बोरबाओले भेट गर्नुभएको छ ।

सिंहदरवारमा भएको भेटमा नेपाल र फ्रान्सबीचको मैत्रीपूर्ण सम्बन्ध, विकास सहयोग, जनस्तरको सम्बन्ध, लगानी तथा व्यापार लगायतका विषयमा छलफल भएको छ ।

भेटमा सभामुख घिमिरेले नेपाल र फ्रान्सबीच कुटनीतिक सम्बन्ध स्थापना भएको ७५ वर्ष भएको स्मरण गर्दै दुई देशबीच जनस्तरको सम्बन्ध रहेको उल्लेख गर्नुभयो । ‘हामीबीच सरकार–सरकारमात्र होइन, जनस्तरमा रहेको सम्बन्धलाई नेपालले उच्च प्राथमिकता दिँदै आएको छ,’ उहाँले भन्नुभयो ।

सभामुख घिमिरेले फ्रान्सेली क्रान्तिले ल्याएको परिवर्तन नेपालका लागि प्रेरणादायी रहेको बताउनुभयो । ‘फ्रान्सेली क्रान्तिको आधारभूत मान्यताहरु स्वतन्त्रता, समानता र भ्रातृत्व नेपाली राजनीतिक आन्दोलनमा प्रेरणाको स्रोतको रुपमा रहेका छन्,’ उहाँले भन्नुभयो ।

सभामुख घिमिरेले नेपाल र फ्रान्स संयुक्त राष्ट्रसंघ लगायतका साझा मञ्चहरुमा एक साथ रहेको स्मरण गर्दै लोकतन्त्रको सुदृढिकरण र सबलिकरणमा अनुभव आदान प्रदान भइरहने विश्वास व्यक्त गर्नुभयो । उहाँले कोभिड १९ महामारीमा फ्रान्सबाट सहयोगको उच्च सराहना गर्नुभयो ।

राजदूत गिल्स बोरबाओले नेपालले पनि फ्रान्सले जस्तै द्वन्द्वलाई लोकतान्त्रिक विधिबाट हल गर्दै विकासलाई अगाडि बढाएको बढाएकोमा खुसी व्यक्त गर्नुभयो । उहाँले आगामी वर्षदेखि आफ्नो मुलुकबाट कोभिड अगाडिकै अवस्थामा पर्यटन आगमन वृद्धि हुने विश्वास व्यक्र गर्नुभयो ।